काठमाडौं । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चिनियाँ ब्राण्ड वुलिङको नयाँ एसयूभी एक्सियन नाइमा मोबिलिटी एक्स्पोबाट सार्वजनिक गर्दै बिक्री समेत सुरू गरेको छ ।
कम्पनीले एक्सियन ईभीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले नाइमा अफर अन्तर्गत यो मूल्यमा २ लाख रुपैयाँ छुट दिएकाले ग्राहकले ५५ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न पाउने छन् ।
वुलिङ एक्सियन ७ जनाले यात्रा गर्न मिल्ने एसयूभी हो । यस ईभीमा ६९.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । साथै, गाडीमा १५० किलोवाट क्षमताको पावरफुल मोटर छ ।







प्रतिक्रिया