७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

जीडब्लुएम नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ सार्वजनिक




काठमाडौं — ग्रेट वाल मोटर (जीडब्लूएम) को नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले जीडब्लुएमको नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा कम्पनीले उक्त मोडल सार्वजनिक गरेको हो । एक्सपो विशेष सुरुवाती मूल्यमा हाभल जोलियन म्याक्स ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

५८.३ किलोवाट–आवर ब्याट्री रहेको जोलियन म्याक्सले एक पटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ। यसले ६.६ किलोवाटसम्मको एसी चार्जिङ र डीसी चार्जिङ सपोर्ट गर्छ। साथै, भेहिकल–टु–लोड ९भीटूएल० सुविधामार्फत बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।

जीडब्लूएमले नेपालमा करिब एक महिनाअघि मात्रै ‘ओरा–५’ ईभी सार्वजनिक गरेको थियो।

  :