८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

‘टोयोटा विजय उत्सव’ सुरु



काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै आज अगस्ट २४ देखि ‘टोयोटा विजय उत्सव’ सुरु गरेको छ । यस अवधिमा टोयोटाका विभिन्न मोडलका गाडीमा विशेष तथा ठूलो छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।


दशैंसम्म लागू हुने यस विशेष विजय उत्सव मार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडलमा ठूलो छुट तथा आकर्षक अफर प्राप्त गर्ने अवसर पाउनेछन्।

नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकहरूका लागि‘‘टोयोटा विजय उत्सव’ अर्को ठूलो अवसरका रूपमा आएको टोयोटा नेपालले जनाएको छ।

अटो शोमा सहभागी हुन नसकेका वा सो अवधिमा गाडी बुकिङ गर्न नपाएका ग्राहकहरूले अब दशैंको अवसरमा टोयोटाका गाडी खरिद गर्ने विशेष लाभ लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

  :