काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नाडा अटो शो २०२६ मा पन्च ईभी फेसलिफ्ट किन्न चाहने ग्राहकहरुले १ लाख रुपैयाँ छुट पाउने भएका छन् ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो अवसरमा पन्च ईभीमा उक्त छुट दिएको हो ।
कम्पनीका अनुसार ग्राहकले नाडामा पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न पाउने छन् । पन्च ईभी फेसलिफ्ट दुईसाता अघि नाइमा
मोबिलिटी एक्स्पोमा लन्च भएको थियो । सो बेला पन्च ईभीको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।
दुई साताको अवधिमै १ हजार बढी युनिट बुकिङ भइसकेको र हालसम्म २०० युनिट डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।
नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री दिइएको छ ।






प्रतिक्रिया