६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

होन्डाको लोकप्रिय स्कुटर



काठमाडौं । होन्डा नेपाली टु ह्विलर बजारमा सर्बाधिक रुचाइएको ब्रान्ड हो । मोटरसाइकल र स्कुटर दुवै सेग्मेन्टमा राम्रो पकड कायम गर्न सफल यो ब्रान्डलाई ग्राहकले बलियो र उच्च पर्फमेन्सयुक्त साधनका रुपमा लिने गरेका छन् ।

ग्राजिया बिएस ४ र बिएस ६ दुवै भर्सनमा उपलब्ध भएका कारण ग्राहकले आफ्नो रुची अनुसार छनोट गरेर लिन सक्नेछन् । यी दुवै भर्सन स्ट्यान्डर्ड र डिलक्स गरी कुल २ भेरियन्टमा उपलब्ध छन् । जसमध्ये बिएस ४ भर्सनको मूल्य बिएस६ को तुलनामा निकै सस्तो रहेको छ ।

स्कुटर सेग्मेन्टमा बजारको नेतृत्व गरिरहेको यो ब्रान्डसंग अहिले डिओ, एभिएटर, एक्टिभा र ग्राजिया गरी कुल ४ मोडल उपलब्ध छन् । जसमध्ये पछिल्लो समय सबैभन्दा बढी चर्चित १२५ सीसीको ग्राजिया वनिरहेको छ ।

यसैगरी डिलक्स भेरियन्टको बिएस६ लाई ३ लाख रुपैयाँ निर्धारण गरिएको छ भने यसैको बिएस४ को मूल्य २ लाख ५५ हजार तोकिएको छ । यो भेरियन्टमा मूल्यको अन्तर ४५ हजार रुपैयाँ छ ।

यसको बिएस ६ भर्सनमा स्ट्यानडर्ड भेरियन्टको मूल्य २ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएकोमा बिएस४ को भने जम्मा २ लाख २८ हजार रुपैयाँ तोकिएको छ । यो भेरियन्टमा बिएस४ बिएस६ भन्दा ५२ हजार रुपैयाँले सस्तो रहेको छ ।

  :