६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

इटालियन ब्रान्ड वाइक भारतमा उत्पादन हुने



काठमाडौं । इटालिनय टु ह्विलर ब्रान्ड मोटो मोरिनीले भारतमा उत्पादन थाल्ने भएको छ । अदिश्वारले हाल बेनेली र किवे व्रान्डका मोटरसाइकलको भारतीय बजार हेर्दैै आइरहेको छ । मोटो मोरिनीलाई चीनीयाँ कम्पनी जोंगनेंगले सन् २०१८ मा आफू मातहत लिएर बजार विस्तार गर्दै आइरहेको छ ।
अदिश्वार अटो राइड इण्डियासंगको साझेदारीमा यो कम्पनीले भारतमा मोटरसाइकलको उत्पादन शुरु गर्ने भएको हो । यो कम्पनीले भारतीय बजारमा कुन कुन सेग्मेन्टका वाइक उत्पादन गर्न लागेको हो भनेर हालसम्म कुनै जानकारी सार्वजनिक नगरिए पनि विग सिसीका वाइक पहिलो प्राथमिकतामा पर्नसक्ने आँकलन गरिएको छ ।

सन् १९३७ सालमा स्थापना भएको मोटो मोरिनी इन्नोभेटिभ डिजाइन र इन्जिनियरिङका क्षेत्रमा चर्चित मानिन्छ । यो कम्पनीले शुरुवाती चरणमा १२५ देखी २५० सीसी क्षमतासम्मका रेसिङ वाइक उत्पादन गरेको थियो ।

मोरिनीसंग हाल एक्स–क्यापे एड्भेन्चर टुरर र सिमेजो नियो–रेट्रो रोडस्टर वाइक उपलब्ध रहँदै आएको छ । यी दुबै वाइकमा सिएफ मोटोको ६४९ सिसी प्यारलल ट्विन इन्जिन जडान गरिएको छ, जसको अधिकांश स्पेशिफिकेसन कावासाकी ६५० इन्जिनसंग मिल्दोजुल्दो छ ।

  :