काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउन काठमाडौंको नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्राङ्गणमा आधुनिक इलेक्ट्रिक भेइकल चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ। बैंकले गाडी चार्ज प्रालिसँगको सहकार्यमा स्थापना गरेको सीसीटू सिगंल गनको क्षमता ४० किलोवाट छ। बैंकमा आज आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो चार्जिङ स्टेसनहरूको उद्घाटन गरेका…