काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाका दुई कमर्सियल बिद्युतीय गाडी (ईभी) पोखराबाट सार्वजनिक गरेको छ । टाटा मोटर्सको एस फ्ल्याटबेड र सिएलबी ईभी सार्वजनिक गरिएको हो । एस फ्ल्याटबेड ईभीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ र सिएलबी ईभीको मूल्य २२ लाख ७९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।…