माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

कर्पोरेट क्षेत्रमा टियागो गाडीको माग बढ्दो



काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सका गाडीको माग उच्च रहेको कम्पनीले बताएको छ । ग्राहकहरुको रोजाइमा टाटा मोटर्सका गाडी परेसँगै यसलवे नयाँ उचाइ पाइरहेको छ ।

विभिन्न श्रेणीमा कम्पनीको विभिन्न मोडलहरू ग्राहकको रोजाइमा परेसँगै टाटा मोटर्सको ह्याचब्यागदेखि एसयूभीसम्मले प्रतिस्पर्धात्मक बजार पाइरहेको कम्पनीले बताएको छ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार कम्पनीको बजार विस्तार तीब्र गतिमा भइरहेको छ । सिप्रदीका अनुसार टाटाको विभिन्न मोडलमध्ये टियागो विशेष रुपमा कर्पोरेट क्षेत्रमा रुचाइएको गाडी हो ।

यो ह्याचब्याग सुरक्षित हुनुका साथै आकर्षक र आरामदायी भएका कारण कार्पोरेट क्षेत्रमा अत्यधिक रुचाइएको कम्पनीको भनाइ छ । ह्याचब्यागमध्ये टाटाको टियागोको मासिक बिक्रीदर पनि उच्च रहेको र यसले राम्रो बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ ।

यो गाडीको बाहिरी आवरण, डिजाइन र स्टाइललाई मात्र नहेरी सुरक्षित समेत बनाइएको र ह्याचब्याग संस्करणमा रहेको टियागोमा ग्राउन्ड क्लेरेन्स र पावरमा विशेष जोड दिइएका कारण ग्राहकको रोजाइमा पर्न गएको कम्पनीको भनाइ छ ।

टियागो बजेटमैत्री भएको, यसले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा ४ स्टार पाएको र धेरैले यो गाडीलाई आफ्नो पहिलो कारको रूपमा लिने गरेको कम्पनीको भनाइ छ ।

  :