७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टाटाका दुई कमर्सियल ईभी पोखराबाट सार्वजनिक



काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाका दुई कमर्सियल बिद्युतीय गाडी (ईभी) पोखराबाट सार्वजनिक गरेको छ । टाटा मोटर्सको एस फ्ल्याटबेड र सिएलबी ईभी सार्वजनिक गरिएको हो ।

एस फ्ल्याटबेड ईभीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ र सिएलबी ईभीको मूल्य २२ लाख ७९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । २७ किलोवाट क्षमताको मोटर दिइएको यस गाडीमा २१.३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यस ब्याट्रीलाई फुलचार्ज गर्दा १५४ किलोमीटर रेञ्ज दिने बताइएको छ ।

  :