७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सबैभन्दा ठूलो पल्सर एनएस ४०० जेडको डेलिभरी शुरु




काठमाडौं– बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बजाज पल्सर एनएस ४०० जेडको डेलिभरी शुरु गरेको छ ।

बजाजले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ग्रान्ड कार्निभल– द बिगेष्ट एक्सचेञ्ज क्याम्पमार्फत कम्पनीले एनएस ४०० जेडको डेलिभरी गरेको हो । केही समय पहिले भएको नाडा अटो शो २०२४ मा उक्त मोटरसाइकल बुकिङ गर्ने ग्राहकहरुलाई ४० वटा मोटसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको हो ।

अहिलेसम्मकै ठूलो पल्सर, एन एस् ४०० जेडले शक्ति, प्रविधि, र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउनेछ, जसले नेपाली बाइक प्रेमीहरुलाई रोमाञ्चक यात्राको अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्रान्ड कार्निभल– द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एनएस ४०० जेडको डेलिभरी समारोहका क्रममा, गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने– “हामी नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुशी छौँ। नेपालको विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण हामी दशैं र तिहारको बीचमा माग पूरा गर्नेछौं।”

बजाज पल्सर एनएस ४०० जेडलाई ३७३ सिसिको सिगंल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९।४ बीएचपी पावर र ३५ एनएम टर्क जेनेरेट गर्दछ। यो ६–स्पिड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ जसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्दछ। यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाई–वायर प्रविधि पनि समावेश गरिएको छ।

  :