७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भृकुटीमण्डपमा टीभीएसको ‘महा एक्सचेन्ज मेला’



काठमाडौं– बडा दशैको अवसरमा, टीभीएस नेपालले काठमाडौंको भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । मंगलबारदेखि शुरु भएको मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशै अफरहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

मेलामा ग्राहकहरूले बृहत्त सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले बताएको छ । मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पनि रहेको कम्पनीले जनाएको छ ।

दशैका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि ५ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । त्यसैगरी खरिद गर्दा १० लाख सम्मको छुट पाउने अवसर र साप्ताहिक क्यास ब्याक अफर अन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।

दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । मेलामार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा शून्य प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउने छ । मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् । सो मेला आगामी आइतबारसम्म चल्ने टीभीएसले जनाएको छ ।

  :