१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

ट्रयाम्फ बाइक चढ्न चाहनेहरुका लागि खुशीको खबर, किस्ताको सुविधा




काठमाडौं– गोल्छा समूह अन्तर्गतको हुलास फिन सर्भ हायर पर्चेज कम्पनीले ट्रयाम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० एक्स खरिद गर्नका लागि किस्ता (इएमआई) स्कीम ल्याएको छ ।

स्कीम अनुसार ग्राहकले ५० प्रतिशत अर्थात् ३ लाख ४४ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गरेर स्क्रयाम्बलर ४०० एक्स किन्न सक्नेछन् । यसको अतिरिक्त ग्राहकले रजिस्ट्रेशन बापत १ हजार ५०० रुपैयाँ, इन्स्योरेन्सको १३ हजार ६०० रुपैयाँ तिर्नुपर्नेछ ।

यसरी किस्ताबन्दीमा स्क्रयाम्बलर ४०० किन्दा ग्राहकले पहिलोपटक कुल ३ लाख ६० हजार ५० रुपैयाँमा पहिलो किस्ता थप गरेर तिर्नुपर्ने कम्पनीले जनाएको छ । स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

ग्राहकले यस स्कीममा १८ महिना र २४ महिनाको किस्ता अवधि छनोट गर्न सक्नेछन् । १८ महिने किस्तामा खरिद गर्दा ११.९९ प्रतिशत र २४ महिने किस्तामा १४ प्रतिशत ब्याज लाग्ने पनि कम्पनीले जनाएको छ । यस अनुसार १८ महिने अवधिको मासिक किस्ता २१ हजार ३४ रुपैयाँ र २४ महिनेको १६ हजार ५६२ रुपैयाँ तिर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

१८ महिनाको मासिक किस्तामा मोटरसाइकल किन्ने ग्राहकले इन्स्योरेन्स, रजिष्ट्रेशन, डाउन पेमेन्ट र पहिलो किस्ता सहित कुल ३ लाख ८१ हजार ८४ रुपैयाँ लाग्छ भने, २४ महिनाको किस्तामा ३ लाख ७६ हजार ६१२ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

  :