काठमाडौं– होण्डा इन्डियाले लामो प्रतिक्षापछि दुई इलेक्ट्रिक स्कूटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा होण्डा एक्टिभा ई र क्यूसी १ इलेक्ट्रिक स्कूटरको सार्वजनिक गरेको हो । यी इलेक्ट्रिक स्कूटरको बुकिङ जनवरी महिनादेखि र डेलिभरी फेब्रुअरीदेखि हुनेछ ।
नेपाल लगायतका देशमा फेब्रुअरी महिनामा आउने अपेक्षा गरिएको छ । यसको मूल्य भने केही दिनमा तोकिने कम्पनीले जनाएको छ । होन्डा एक्टिभा इलेक्ट्रिक ५ कलरमा उपलब्ध छ। सो बाइक एच स्मार्ट कीको साथमा उपलब्ध छ जसमा स्मार्ट फाइन्ड, स्मार्ट सेफ, स्मार्ट अनलक र स्मार्ट स्टार्ट जस्ता सुविधा रहेको छ ।
होन्डा एक्टिभा इलेक्ट्रिकमा दुई वटा बदल्न मिल्ने (स्वापेबल) ब्याट्री जडान गरिएको छ, जसको क्षमता १.५ किलोवाट छ र फुल चार्जमा १०२ किलोमिटरको रेन्ज प्रदान गर्छ । कम्पनीले होण्डा एक्टिभा ई मा ६ किलोवाट क्षमताको डाइरेक्ट मोटर प्रयोग गरेको छ ।
एक्टिभा ईमा तीन राइड मोड उपलब्ध छ । यसमा इको कम्र्फट, स्पोर्टस् र रिभर्स मोड उपलब्ध रहेको छ ।
त्यस्तै, कम्पनीले सार्वजनिक गरेको अर्को मोडल क्यूसी १ एक्टिभा ईकै डिजाइनमा तयार स्कुटर रहेको छ । यसका कम्पनीले १.५ किलोवाट क्षमताको फिक्सड् ब्याट्री उपलब्ध रहेको जनाएको छ । यो स्कुटरमा भने चार्जिङ पोर्ट दिएको छ । यो स्कुटरलाई घरमै चार्ज गर्न सकिन्छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गरेर ८३ किलोमिटरसम्मको रेन्ज पाउन सकिने कम्पनीको दाबी छ ।
यसमा २६ लिटरको अन्डर स्टोरेज, टाइप सी चार्जर, ५ इन्च डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । कम्पनीले क्यूसी १ मा दुई इको र स्पोर्टस् राइड मोडल उपलब्ध गराएको छ । यसको टप स्पीड ५० किलोमिटर प्रतिघण्टा रहेको छ ।
प्रतिक्रिया