२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

डीसी फास्ट चार्जिङ स्टेशन विस्तार गर्दै हुण्डाई




काठमाडौं– हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी भित्र्याउने तयारी गरिरहेको अवस्थामा कम्पनीले विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन पनि विस्तार गर्ने भएको छ । कम्पनीले हाल नेपालमा ४५ वटा एसी चार्जिङ स्टेशन गरी सञ्चालनमा ल्याएको छ ।


कम्पनीले आगामी जनवरीभित्रै नेपालको मुख्य राजमार्गका ३ स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्न लागेको बताइएको छ ।
कम्पनीका अनुसार निर्माण गर्न लागिएको डीसी फास्ट चार्जिङ स्टेशन १०० किलोवाट क्षमताको डबल गन रहने छ । अर्थात् एकैपटक दुईवटा ईभी चार्ज गर्न सकिनेछ ।

यस्तै, कम्पनीले जनवरीभित्रै २ वटा भेहिकल टु भेहिकल (भीटुभी) चार्जिङ भ्यान पनि ल्याउने तयारी गरेको छ ।

  :