७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

लिप मोटरको सी १० को भैरहवा र बुटवलमा बुकिङ शुरु




काठमाडौं–लिप मोटरको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले लिप मोटरको सी १० नयाँ कारलाई भैरहवा र बुटवलमा एक समारोहका बीचमा सार्वजनिक गरेको हो ।


कम्पनीका अनुसार आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लीप मोटर सी१० अब भैरहवा र बुटवलका ग्राहकहरूको लागि उपलब्ध रहेको र बुकिङ समेत खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

सी–१० वातावरणमैत्री ग्राहकका लागि डिजाइन गरिएको छ । कारमा उपलब्ध अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा पाँचवटा लीपमोटर सी–१० ग्राहकलाई हस्तान्तरण समेत गरिएको थियो ।


यस गाडीमा ६९.९ किलोवाटको एफपीएफ ब्याट्री, १६० किलोवाटको मोटर पावर, र ३२० न्युटन मिटर टर्क क्षमता छ । कम्पनीका अनुसार एक पटक चार्ज गर्दा गाडीले ४२० किमीको रेन्ज दिन सक्छ । यो गाडीमा १९० एमएमको ग्राउण्ड क्लियरेन्स छ ।

  :