फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

बजाजको ग्राण्ड एक्सचेन्ज मेला बालाजुमा




काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले फागुन २० देखि २६ गतेसम्म बालाजु स्थित मनकामना ट्रेड लिङ्कमा ग्राण्ड एक्सचेन्ज मेला सञ्चालन गरेको छ । यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।


एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त १० हजार रुपैयाँ भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै अन द स्पट फाइनान्स सुविधाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ । यसैगरी, ग्राहकहरुले ७ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसरिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, शून्य प्रतिशत सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ ।

  :