माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नयाँ बर्षलाई लक्षित गर्दै जिहो ईभी स्कुटरको अफर




काठमाडौं– सीएफमोटो तथा जिहोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आउँदै गरेको नयाँ वर्ष २०८२ साललाई लक्षित गर्दै आफ्नो जिहो ईभी स्कुटरमा खास अफर सञ्चालनमा ल्याएको छ ।

कम्पनीले यसपालि नयाँ खरिद गर्ने ग्राहकलाई मात्रै अफर लक्षित नभई जिहो ईभी चढ्दै गरेका हालका ग्राहकले समेत रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जनाएको छ । यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहि सिधै २० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले उल्लिखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी अफर सकिए पश्चात् लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । यो अफर आगामी चैत २४ देखि लागू भई बैशाख ३१ सम्म रहने कम्पनीले जनाएको छ ।

  :