काठमाडौं । एथर इनर्जीको नेपालमा लागि आधिकारिक बिक्रेता कम्पनी वैद्य ग्रुप अन्तर्गतको वैद्य्ज इनर्जीले काठमाडौंको टेकुमा एथरको नयाँ शोरुम सञ्चालन गरेको छ ।
कम्पनीको यो आठौं शोरुम हो । पोखरा र चितवन बाहेक अन्य सबै शोरुम कम्पनीले आफैले स्थापना गरेको हो । हालसम्म कम्पनीले काठमाडौंको गैह्रीधारा, झम्सीखेल, भक्तपुर, बौद्ध, टेकु, चितनव पोखरा र बुटवलमा एथरको नेटवर्क विस्तार गरिसकेको छ ।
पछिल्लो पटक संचालनमा आएको टेकु शोरुममा अहिले सेल्सको काम मात्र हुने र निकट भविष्यमा नै थ्री एस सेवा संचालनमा ल्याउने कम्पनीले जनाएको छ । कम्पनीले केही समय अघि नेपाली बजारमा २०२५ मोडलका एथर स्कुटरहरु सार्वजनिक गरेको थियो । कम्पनीले एथर ४५० सिरिजका दुई स्कुटरको २०२५ मोडल सार्वजनिक गरेको हो ।
एथरले हालसम्म २१ स्थानमा फास्ट चार्जर स्थापना गरिसकेको र छिट्टै १०० स्थानमा फास्ट चार्जर राख्ने तयारीका साथ काम भईरहेको पनि कम्पनीले जानकारी दिएको छ । एथरले २०२६ को अन्तिमसम्म एथर प्रयोगकर्तालाई निःशुल्क चार्जिङ सुविधा दिने पनि जनाएको छ ।









प्रतिक्रिया