काठमाडौं– एफडी मोटर्सले बुटवलमा आफ्नो छैठौं शाखा बिस्तार गरेको छ । बुटवल–१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ–५ ए प्रो’ स्कुटर समेत सार्वजनिक गरिएको छ ।
एफडीको शोरुम शुभारम्भ तथा स्कुटर सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलमा लगानीको प्रशस्त सम्भावना रहेको दाबी गर्दै निजी क्षेत्र तथा व्यवसायीक प्रतिष्ठानहरुलाई यहाँ लगानी गर्नका लागि आह्वान गरे । लगानीको वातावरण निर्माणका लागि उपमहानगरले आवश्यक सहजीकरण र व्यवस्थापनका लागि तयार रहेको पनि बताए ।
एफडी कम्पनीका प्रवन्ध निर्देशक सुजन ढुँगेलले नेपालका विभिन्न शहरहुँदै बुटवलमा शाखा बिस्तार गरिएको जानकारी गराए । एक पटक फूल चार्ज भएपछि १२० देखि १५० किलोमिटरसम्म माइलेज दिने एफ(५ ए प्रोमा गतिका लागि २० किलोमिटर, ५० र ७५ किलोमिटर प्रतिघण्टा गरी ३ वटा अप्सनमा राखेर चलाउन सकिने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया