काठमाडौं– भेस्पा र अप्रिलिया स्कुटरहरूको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले वर्षायामको क्षणमा सीमित अवधिका लागि ‘मनसुनमा पाँच गुणा मजा’ अफर सार्वजनिक ल्याएको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले भेस्पा वा अप्रिलिया स्कुटरको खरिद गर्दा नगद छुट, आकर्षक उपहार तथा सहभागी मात्र भई क्यासब्याक जित्ने अवसरसमेत पाउने पनि कम्पनीले जनाएको छ ।
नेपालभरका सम्पूर्ण अधिकृत शोरूमहरूमा लागू हुने यस अफरमा ग्राहकहरूले आधिकारिक वेबसाइटमा रजिस्ट्रेशन गर्दा १० हजारसम्मको क्यास ब्याक पाउन सक्छन् । साथै स्कूटर खरिदमा ७५ हजार सम्मको नगद छुट, तथा आर्थिक वर्ष २०८१/२०८२ र २०८२/ २०८३ को सवारी कर छुट, हालसम्मकै न्यूनतम ब्याजदर ४।९९ प्रतिशतमा फाइनान्स सुविधा तथा सहज एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।
यसका साथै उपहार स्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्रदान गरिने पनि कम्पनीले जनाएको छ । ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै गुणस्तरीय सवारी साधन र आकर्षक अफर ल्याइएको कम्पनीले स्पष्ट पारेको छ ।









प्रतिक्रिया