फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

बजाजको पहिलो इलेक्ट्रिक स्कूटर चेतक चाँडै नै नेपाली बजारमा लञ्च हुने




काठमाडौं–बजाजले भारतमा उत्पादन गरेको इलेक्ट्रिक स्कुटर चेतक बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नेपाली बजारमा भित्र्याएको छ । यो इलेक्ट्रिक स्कूटर छिट्टै नै लञ्च गर्ने तयारीमा कम्पनी जुटेको छ ।

चेतकका लागि कम्पनीले नक्सालमा नयाँ शोरुम तयार पारिरहेको जनाएको छ । भारतीय बजारमा ३ भेरिएन्टमा उपलब्ध चेतकको कुन–कुन भेरियन्ट नेपाली बाजरमा उपलब्ध हुनेछ भन्ने विषयमा कुनै जानकारी कम्पनीले बाहिर भने ल्याएको छैन ।

चेतकमा ३.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले सिंगल चार्जमा १२७ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ । टिएफटी स्क्रिन राखिएको यस स्कुटरमा टर्न बाई टर्न नेभिगेसन, टायर प्रेसर मनिटरिङ सिस्टम, रिमोट लक÷अनलक, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर पाउन सकिने पनि कम्पनीले जनाएको छ ।

  :