२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

हुन्डाईको गाडी किन्दा ८ लाखसम्म छुट



काठमाडौं–हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै ‘हुन्डाई अवेसम अगष्ट’ स्कीम ल्याएको हो ।

जुन स्कीम अन्तर्गत एक्स्पोमा हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । यसका साथै १ वर्षको निःशुल्क बीमा र विशेष छुटहरू प्राप्त गर्नेछन् भने गाडीमा ३ तीन वर्षको वारेन्टी पनि पाउने कम्पनीले जनाएको छ ।

यस योजनामा बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमणको अवसर समेत प्रदान गरिनेछ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ। नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्।

यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनोट हुनेछन्। दैनिक उपहारहरूमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।

नेपालमा हुन्डाईका ग्राण्ड आइ १० नियोस्, भेन्यु, क्रेटा इलेक्ट्रीक, क्रेटा आइसई र आयोनिक ५ मोडल उपलब्ध छन् ।

  :