काठमाडौं । महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा दुई ईभी सार्वजनिक गरेको छ । महिन्द्राको बिइ ६ र एक्सइभी ९ ई का ३ भेरियन्ट नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । बीई६ मूल्य ५७ लाख रुपैयाँ र एक्स इभी ९ई को ६९ लाख रुपैयाँ तोकिएको छ।
दुवै गाडीमा ९९ किलोवाटको मोटर छ। एक्स इभी ९ईको एउटा भेरिएन्टमा भने १९९ किलोवाटको मोटर छ। कम्पनीले दुवै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मका ब्याट्री प्याक उपलब्ध रहेको जनाएको छ । नयाँ गाडीको ब्याट्रीमा लाइफटाइम वारेन्टी छ। गाडी खरिद गर्ने सुरुका ग्राहकले ब्याट्रीमा लाइफटाइम वारेन्टी पाउने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया