मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ का विजेतालाई बम्पर पुरस्कार प्रदान




काठमाडौं– हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ ।

यस योजनाअन्तर्गत विजेता बनेको कुवेरा कन्स्ट्रक्सन ‘लक्सपिरियन्स २०२५’ को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

दशैं–तिहारलाई लक्षित गरी २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको उक्त योजनामा सहभागी ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्डमार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए ।

  :