काठमाडौं–होन्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरी ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ दशै अफर घोषणा गरेको छ ।
अफर अन्तर्गत ग्राहकहरुलाई क्यास डिस्काउन्ट, फ्रि सर्भिसिङ, १ वर्षको कर फ्रि, १ वर्षको फुल इन्स्योरेन्स, २५ हजार एक्सचेन्ज बोनस, २ वर्षको इन्जिन वारेन्टी, एक पटकको लागि फ्रि रोड असिस्ट, फ्रि एसेसरिज आदि प्रदान गरिने कम्पनीले जानकारी गराएको छ । समग्रमा यसबाट ग्राहकहरुले करिब ४ लाख रुपैयाँ छुट पाउने कम्पनीको भनाई छ । भदौ ७ देखि शुरु भएको यो अफर आगामी कात्तिक १४ सम्म चल्ने पनि क्म्पनीले जनाएको छ ।
नेपाली बजारमा होन्डा एलिभेट, होन्डा सिटी ई–एचईभी, अमेज र होन्डा सिटी फिफ्थ जेनेरेसन लगायतका कार बिक्रीको लागि उपलब्ध रहेका छन् ।









प्रतिक्रिया