काठमाडौं–हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगंजको श्रीपुरमा शोरुम सञ्चालनमा ल्याएको छ ।
नेपालभर पहुँच विस्तार गर्ने प्रतिबद्धता अनुरुप वीरगंजमा शोरुम खोलेको कम्पनीले जनाएको छ ।
यो शोरुमका कारण वीरगंजका साथै सिमरा, कलैया, चन्द्रनिगाहपुर लगायत नजिकका ग्राहकलाई हुन्डाईका प्रिमियम गाडी किन्न सहज हुने पनि कम्पनीले जनाएको छ ।
बीरगञ्जको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको र स्थानीय ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । हुन्डाई लामो समयदेखि नेपालका सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एकको रूपमा मानिन्छ, जसले ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका, सुरक्षित र उच्च प्रदर्शन भएका गाडीहरू उपलब्ध गराउँदै आएको छ ।









प्रतिक्रिया