माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

रसुवागढी नाकाबाट एकैदिनमा १८ ईभी माइक्रो भित्रियो



काठमाडौं– रसुवास्थितत रसुवागढी नाका केही दिन अगाडिदेखि पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।

रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (र्इभी माइक्रो) नेपाल भित्रिएको सीमा सुरक्षा पोष्ट रसुवागढीले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा राखिएका छन् ।
गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने भन्सार कार्यालयले जनाएको छ ।

  :