फाल्गुन ६, २०८२ बुधबार | Wed Feb 18 2026

सीजी मोटर्सको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’, १० लाखसम्म नगद छुट



काठमाडौं । सीजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको विभिन्न ७ ब्राण्डका विद्युतीय गाडी (ईभी) एकै स्थानमा राखेर काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ ।

माघ १५ देखि शुरु भएको कार्निभल माघ १८ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कार्यक्रम दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भईरहेको छ ।


सीजी मोटर्सले यो चार दिने कार्यक्रम ग्राहकहरूलाई वर्षकै सबैभन्दा ठूलो विद्युतीय सवारी खरिद अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ। यस कार्निभलमा अधिकतम १० लाख रुपैयाँसम्म नगद छुट, आकर्षक एक्सचेन्ज अफर तथा परिवारमैत्री अनुभवहरू समावेश गरिएका छन्।

सीजी मोटर्सका अनुसार कार्निभलमा स्मार्ट, एक्सपेङ, आयन, रिडारा, किङलोङ, डायुन, तथा नेटाका अत्याधुनिक विद्युतीय सवारीहरू एकै छानामुनि अवलोकन, एक्सचेन्ज तथा टेस्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ।
साथै, पहिलो पटक सीजी मोटर्सले आफ्नो प्रिमियम ब्रान्ड स्मार्टलाई पनि विशेष रूपमा प्रदर्शनीमा राखेको छ। यसको एक्सक्लुसिभ टेस्ट ड्राइभ सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ।

ग्राहकलाई इभी स्वामित्व अझ सहज र किफायती बनाउन सीजी मोटर्सले कार्निभलमा अधिकतम १० लाख रुपैयाँसम्म नगद छुट, आधिकारिक एक्सचेन्ज हाउसबाट पुराना सवारीमा उत्कृष्ट मूल्याङ्कन, आकर्षक एक्सचेन्ज बोनस, विभिन्न बैंकमार्फत स्थलमै फाइनान्स तथा ऋण स्वीकृति सुविधा, एक वर्षको अटोप्लस बीमा सुविधा, चालु आर्थिक वर्षको वार्षिक सडक कर निःशुल्क, निःशुल्क ईभी चार्जरको सुविधा उपलब्ध गराएको छ।

सवारी बिक्रीसँगै कार्निभललाई मनोरञ्जनात्मक र परिवारमैत्री बनाउन विभिन्न कार्यक्रमहरू पनि समावेश गरिएका छन्। सहभागीहरूले लक्की ड्र, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार, बालबालिकाका लागि गेम जोन तथा स्वादिष्ट फुड अनुभवहरूको मजा लिन सकिने पनि कम्पनीले जनाएको छ ।

  :