१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

पुरानो गाडी नयाँ प्रोटोन ईमास सेबेनसँग साट्न सकिने योजना



काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले बैशाख १५ सम्म सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना ल्याएको छ । यो योजना नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन भईरहेको छ ।


यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई–मास सेबेन लगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, १ वर्षको निःशुल्क बीमा, १ वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो । विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै, ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास रहेको छ ।

  :