२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

कोरोला नाकाबाट भित्र्याइएका ७७४ ईभी सशस्त्रको नियन्त्रणमा




काठमाडौं । सशस्त्र प्रहरी बलले मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरि भित्र्याएको आशंकामा ७७४ युनिट विद्युतीय गाडी (ईभी) नियन्त्रण लिएको छ ।


गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएको र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

व्यवसायीहरुले भने ती गाडी सरकारले कर बढाउनुअघि नै ल्याइएको दाबी गरेका छन् । नियन्त्रण्मा लिइएका गाडी विभिन्न ब्रान्डका छन् ।

  :