७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मधेस प्रदेश सरकारले विद्युतीय बसलाई रुट परिमिटमा छुट दिने



काठमाडौं । मधेस प्रदेश सरकारले विद्युतीय बसलाई रुट परिमिटमा छुट दिने घोषणा गरेको छ ।

प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै ‘वातावरण प्रदूषण कम गर्न सार्वजनिक यातायातमा विद्युतीय सवारीलाई विशेष प्रोत्साहन गर्ने बताएका हुन् ।

विद्युतीय बस सञ्चालन गर्नेलाई रुट परमिटमा छुट दिने र मुख्य राजमार्ग तथा सहरी क्षेत्रमा आधुनिक चार्जिङ स्टेसन निर्माण गरिनेछ, प्रदेशको बजेट वक्तव्यमा भनिएको छ । बजेट वक्तव्यमा पेट्रोलियममा आधारित सवारी साधनलाई विद्युतीय साधनमा परिवर्तन गर्न प्रोत्साहनको व्यवस्था मिलाएको पनि उल्लेख छ ।

  :