काठमाडौं । चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’को नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले स्काईवेलको बीई ११ नाडा अटो शोमा सार्वजनिक गरेको छ । कम्पनीले अहिले २ भेरियन्ट नेपाल भित्र्याएको हो ।
कम्पनीका अनुसार ७१।९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१।९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ ।
यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ ।
पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो ईभीलाई लक्जरी बनाएको छ । साथै, यो ईभीमा १९८ एमएमको भव्य ग्राउण्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ ।
यो ईभी खरिद गर्न चाहने ग्राहकहरुका लागि कम्पनीले नाडा अटो शो अवधिभर विशेष अफर समेत ल्याएको छ । जस अन्तर्गत नाडा अटो शो अवधिभरको लागि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ ।






प्रतिक्रिया