१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

जेइको जे५ प्रो ईभीका लागि ‘नाडा विशेष योजना’



काठमाडौं । नेपालमा जेइको तथा ओमोडाका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइको जे५ प्रोका लागि ‘नाडा विशेष योजना’ सार्वजनिक गरेको छ।

ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै सीमित अवधिका लागि कम्पनीले विशेष योजना ल्याएको हो । यो योजनाअन्तर्गत प्रिमियम विद्युतीय एसयूभी जेइको जे५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ। यसमा १५५ किलोवाट क्षमताको विद्युतीय मोटर, १९ भन्दा बढी एडीएएस सुविधा तथा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ।


जेइको जे५ ले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो बलियो उपस्थिति स्थापित गरिसकेको छ। थाइल्यान्ड र इन्डोनेसियामा यो सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभी बनेको छ।

जेइको जे५ प्रोले नेपाली बजारमा उत्कृष्ट प्रदर्शन क्षमता र एसयूभीको व्यावहारिकतालाई एकैसाथ प्रस्तुत गरेको छ। यसमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री, १९ भन्दा बढी एडीएएस तथा सुरक्षा सुविधा, प्यानोरामिक मुनरुफ र ४८० लिटरको बुटस्पेसजस्ता प्रिमियम तथा सेग्मेन्टमै उत्कृष्ट विशेषताहरू यसमा उपलब्ध छन्। जेइको जे५ प्रोमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराइएको छ।

  :