काठमाडौं । विद्युतीय गाडी एक्वेल भ्यान नेपाली सार्वजनिक यातायात व्यवसायीहरूका लागि एउटा नयाँ र आकर्षक विकल्पको रूपमा बजारमा उपलब्ध भएको छ ।
यदि तपाईं आफ्नो यातायात व्यवसायलाई थप नाफामूलक, सुरक्षित र आधुनिक बनाउन चाहनुहुन्छ भने यो भ्यान उत्कृष्ट अवसर बन्न सक्छ। एक्वेल १४ सिटर ईभी भ्यान सार्वजनिक दर्ता नम्बरसहित तुरुन्तै डेलिभरीमा उपलब्ध रहेको एक्वेलको आधिकारिक बिक्रेता ई.भी गो प्रालिले जनाएको छ । यस भ्यानका थुप्रै विशेषताहरु रहेका छन् । यात्रुहरूका लागि आरामदायी सिट, राम्रो लेगरुम र आधुनिक इन्फोटेनमेन्ट सिस्टम यो भ्यानमा छ ।
नेपाली सडक अनुकूल इन्जिन, बलियो चेसिस र एन्टि(लक ब्रेकिङ सिस्टम (एबीएस) जस्ता सुरक्षा सुविधाहरू रहेका छन् । यस भ्यानमा सार्वजनिक तथा रुट यातायात, कलेजरस्कुल बस, र पर्यटकीय क्षेत्रमा चलाउनका लागि उपयुक्त सिट क्षमता रहेको छ । सजिलो किस्ता र कम डाउनपेमेन्टमा फाइनान्सको व्यवस्था रहेको छ । बलियो इन्जिन र पाटपुर्जाहरू सजिलै पाइने हुनाले यसको बजार मूल्य राम्रो रहने कम्पनीले जनाएको छ ।
यदि तपाईं आफ्नो यातायात व्यवसायमा नयाँ गाडी थप्ने सोचमा हुनुहुन्छ भने, एक्वेल भ्यानको आधिकारिक शोरुम थापाथली वा वितरकलाई सम्पर्क गरी टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया