४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

पोखरामा निभो क्यू०५ सार्वजनिक



काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नयाँ चांगान निभो क्यू०५ पोखरामा सार्वजनिक गर्दै ४ दिने टेस्ट ड्राइभ कार्यक्रम समेत आयोजना गरेको छ ।

ग्राहकहरूले चाउथेस्थित दिपल पोखरा शोरुममा असोज ३ देखि ६ गतेसम्म विशेष टेस्ट ड्राइभमार्फत निभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

निभो क्यू०५ सार्वजनिक गर्नका लागि आयोजित कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजका अध्यक्ष प्रमुख अतिथि शोभा गौतम; नाडाका पूर्व अध्यक्ष ध्रुव थापा र वाडाका उपाध्यक्ष निरन केसी, विशेष अतिथिका रूपमा दिपलका एम्बेसडर प्रदीप खड्का; एमएडब्लू वृद्धि अटोकर्प प्रालिका निर्देशक पार्थ सिकरिया तथा एमएडब्लू वृद्धि अटोकर्प प्रालिका सीईओ ज्ञानेन्द्र बहादुर चन्दको उपस्थिति रहेको थियो ।

निभो क्यू०५ को अल्ट्रा भेरियन्ट ५१ लाख ९९ हजारको विशेष मूल्यमा प्रस्तुत गरिएको छ । चांगान निभो क्यू०५ कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भएको पनि कम्पनीले जनाएको छ ।

  :