२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

मेयर रिसालको पहलमा गोकर्णमा बृहत खानेपानी आयोजना शुरु हुँदै




काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको विशेष पहलमा नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउन बृहत आयोजना शुरु हुन लागेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)बीच भएको सम्झौता अनुसार नगरवासीहरुलाई प्राथमिकताका साथ खानेपानी उपलब्ध गराउन वडा नं ४, ५, ६, ७, ८ र ९ (गोकर्णको ड्यामदेखि साविक जोरपाटी)मा पाइपलाइन विस्तार तथा पानी ट्याङ्की निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भएको छ । ३ अर्ब ५० करोड बढीको लागतको यो बृहत आयोजना केही दिनमै शुरु हुने भएकोे छ ।

आयोजना सम्पन्न भएपछि नगरवासीलाई स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउने अपेक्षा गरिएको छ । स्थानीयको खानेपानी आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित अघि बढाइएको यस आयोजनाले क्षेत्रको खानेपानी आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

  :