काठमाडौं– नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्स सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यू एक्स ७ एक्सड्राइभ ४० आई बिक्री गरेको छ ।
नेपाल भित्रिएको एक सातामै लक्जरी गाडी बिक्री भएको हो । यो गाडीको मूल्य ७ करोड नेपाली रहेको छ ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, सुरक्षा शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।
यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रष्ट रूपमा उजागर गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।
प्रतिक्रिया