७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

लीपमोटरको ‘टेष्ट ड्राइभ क्याम्पेन’ शुरु




काठमाडौं– लीपमोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सांगिला मोटर्सले लीपमोटरको ‘टेष्ट ड्राइभ क्याम्पेन’ शुरु गरेको छ । क्याम्पेन पुस ६ गतेसम्म सञ्चालन हुने बताइएको छ । कम्पनीले काठमाडौंको उत्तरढोकामा रहेको भिल्ला ७२ रेष्टुरेन्टमा टेष्ट ड्राइभ क्याम्पेन राखेको हो ।


उक्त क्याम्पेनमा लीपमोटरको सी–१० एसयूभी टेष्ट ड्राइभको लागि उपलब्ध हुनेछ । टेष्ट ड्राइभपछि ईभी खरिद गर्न चाहनेहरुलाई सहज एक्सचेन्ज र वित्तिय व्यवस्थापनको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । कुनै पनि ब्राण्डका पुराना गाडी लगेर सट्टापट्टा गर्न सकिने कम्पनीले जनाएको छ ।

टेष्ट ड्राइभ क्याम्पेनको शुभारम्भमा सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छा भने, ‘हाम्रो प्रिमियम एसयूभी टेष्ट ड्राइभ गर्ने योजना बनाएर बस्नु भएका ग्राहकलाई हामी स्वागत गर्छौ, आउनुहोस् गाडी टेष्ट ड्राइभ गर्नु होस् ।’

लीपमोटरको सी–१० एसयूभी नाडा अटो शो २०२४ मा सार्वजनिक भएको थियो । नेपाल आएको छोटो समयमा नै झण्डै १०० युनिट डेलिभरी भएको बताइएको छ । सी–१० एसयूभीमा १६० किलोवाट क्षमताको मोटर छ । उक्त मोटरसँग ६९.९ किलोवाट आवरको ब्याट्री दिइएको छ । ब्याट्रीलाई फुलचार्ज गर्दा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

  :