काठमाडौं– सिजी मोटर्सले दुई भेरियन्टका ‘‘जीएसी एवोन भी’ बिक्री सुरु गर्ने अन्तिम तयारी गरेको छ । कम्पनीले दुई भेरियन्टका एवोन भी मंगलबारदेखि बिक्री सुरु गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार सर्ट रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा बिक्री सुरु हुन लागेको एवोन भीमा ६२ र ७५ किलोवाट आवरको दुई ब्याट्री पाउन सकिन्छ । यी दुबै भेरियन्टको मूल्य ६५ देखि ७० लाख भित्र पर्ने सिजी मोटर्सले जनाएको छ ।
फिचर लोडेड दुबै भेरियन्टमा ब्याट्री साइजको मात्रै फरक रहेको छ । त्यसैले यी दुई भेरियन्टको बीचमा मूल्य ४ देखि ५ लाख रुपैयाँसम्मको फरक रहने छ ।
एवोन भी मोडलमा ६२ र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ६५० किलोमिटरसम्म रेन्ज दिने सिएलटीसी टेष्टले देखाएको छ ।
प्रतिक्रिया