काठमाडौं– मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको छ ।
उक्त कारको उत्पादन आगामी फेब्रुअरी महिनादेखि सुरु हुनेछ भने आगामी जुनसम्म भारत लगायत युरोप र जापान लगायतका देशमा बिक्री सुुरु हुनेछ । ४९ किलोवाट आवर र ६१ किलोवाट आवर ब्याट्री प्याक अप्सनमा उपलब्ध हुनेछ ।
उक्त कारले एक पटकको फुल चार्जमा ५०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दावी गरिएको छ । यी दुई मोडलको मूल्य क्रमशः २० लाख र २५ लाख भारु तोकिएको छ ।
प्रतिक्रिया