७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

होलीको अवसरमा सिप्रदीको सर्भिस क्याम्प




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले होलीको अवसर पारेर ‘फागुन २५ गतेदेखि २९ गतेसम्म ‘होली सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ ।


टाटाका ठूला र साना कमर्शियल गाडीहरुको लागि चलेको सर्भिस क्याम्पमा फिल्टरहरुको खरिदमा २२ प्रतिशत र टाटा जेन्युइन लुब्रिकेन्टमा २५ प्रतिशत छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

त्यसैगरीमा गाडीमा लाग्ने जेन्यूइन पार्टसहरुमा १८ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसका अलावा सर्भिस प्याकेजमा दर्ता भएमा एक वर्षसम्म जेन्यूइन पाट्सहरुमा २० प्रतिशत छुट, लुब्रिकेन्टमा २२ प्रतिशत छुट, अन्य पाट्समा १५ प्रतिशत छुट र लेबर चार्जमा ५० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।

सिप्रदीले यस सर्भिस क्याम्पको दौरान इन्जिन, गियरबक्स, क्राउन ओभरहल र डेन्टपेन्टको काम गराउँदा आकर्षक टिसर्ट उपहार पाउने छन् । साथै, प्रत्येक दिन भाग्यशाली विजेताको लागि स्मार्ट वाच जित्ने सुवर्ण अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।

  :