काठमाडौं–नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले महोत्तरीको बर्दिवासमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुम शुक्रबारदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो। शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध हुने छन् । फोटोन मोटर्सको आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी…