१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

सुदूरपश्चिमको धनगढीमा प्रोटोन ईमासको शोरुम

काठमाडौं । जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले सुदूरपश्चिम प्रदेशको धनगढीको बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । स्थानीय उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थितिका बीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले शोरुमको उद्घाटन गरेका थिए । यस अवसरमा तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरिएको थियो…