काठमाडौं । नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रोक्स प्रालिले नेपाली बजारमा म्याक्ससको ई डेलिभर ५ प्रिमियम १६ सिटे इलेक्ट्रिक माइक्रोबस सार्वजनिक गरेको छ । कम्पनीले म्याक्सस ई डेलिभर ५ को मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकेको छ । यो गाडी विशेषगरी होटल, रिसोर्ट, अन्य पर्यटन क्षेत्रको आतिथ्य सेवा तथा व्यावसायिक…