काठमाडौं । एमएडब्लु ग्रुपले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपले हालै रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत जिल्लामा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले कोषमा उक्त रकम सहयोग गरेको हो । बाढीका कारण विभिन्न जिल्लामा…