काठमाडौं– यही भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने नाडा अटो शोमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिने भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । प्रदर्शनीमा ३३ कम्पनीहरुले लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज…