७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टीभीएस पीजीएम मिट सम्पन्न




काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ललितपुरको डिलर युनिराइड अटोमा टीभीएस पीजीएम मिट आयोजना गरेको छ । पीजीएम अर्थात प्राइभेट ग्यारेज मेकानिक्सहरुका लागि आयोजना गरिएको सो कार्यक्रममा टीभीएसले नेपाली बजारमा उपलब्ध गराइरहेको आर्यक्युब इलेक्ट्रिक स्कुटरको विशेषता र यसको प्राविधिक पक्ष वारेमा जानकारी प्रदान गरिएको थियो ।

ललितपुरमा कार्यरत बाइक मेकानिक्सहरुको संस्था नेपाल अटो मेकानिक्स व्यवसायी संघका सदस्यहरुका लागि आयोजना गरिएको सो कार्यक्रममा टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको विशेषता र हाल उपलब्ध स्किमका वारेमा जगदम्बा मोटर्स अन्तर्गत आईक्युब हेड सुशान्त आचार्यले जानकारी प्रदान गरे ।

,


नेपाली बजारमा ३ लाख ९९ हजार ९ सय र ४ लाख २९ हजार ९ सय मूल्य पर्ने दुई भेरिएन्टका आईक्युब स्कुटर उपलब्ध भएको र त्यसमा केही छुट समेत उपलब्ध भएको उनले बताए । त्यसैगरी टीभीएसले हाल लाइफ टाइम ब्याट्री एस्योरेन्स सिस्टम उपलब्ध गराएकाले करिव ३ लाख रुपैयाँ मात्रै शुरुमा तिरेर बाँकी रकम मासिक रुपमा तिर्दै जाने र अन्य छुट समेत प्राप्त गर्न सकिने बताए ।

आईक्युब सर्भिस हेड मनिष राज अर्यालले बोसको मोटर र एलजीको ब्याट्री सेल भएकाले यो अन्य स्कुटर भन्दा प्रिमियम भएको बताए । क्लासिक लुक र सिटी राइडका लागि उपयुक्त यो स्कुटर प्राविधिक रुपमा समेत निकै नै उपयुक्त भएको उनले बताए ।

सातदोबाटो ट्राफिक प्रहरी इन्चार्ज भुपेन्द्र गिरीले मेकानिक्स र ट्राफिक प्रहरी मिलेर सडक दुर्घटना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सकिने विचार व्यक्त गर्दै यसका लागि सहकार्यको आह्वान गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष रुद्र खड्का र निवर्तमान अध्यक्ष राजकुमार बिकेले मेकानिक्सहरुका लागि पहिलो पटक इलेक्ट्रिक स्कुटरको वारेमा आवश्यक जानकारी उपलब्ध गराएकोमा जगदम्बा मोटर्सप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत यस्तै कार्यक्रमको अपेक्षा गरे ।

युनिराइड अटोका सञ्चालक निर्मल सिग्देलले टीभीएसका मोटरसाइकल र स्कुटरका साथै पछिल्लो समयमा नेपाली बजारमा भित्रिएको आईक्युब इलेक्ट्रिक स्कुटर समेत गुणस्तरीय भएको र यसका कारण नै ग्राहकले रुचाएको बताए । उनले ललितपुर क्षेत्रमा टीभीएसका कुनै पनि उत्पादन उपलब्ध गराउन र बिक्री पछिको सेवा समेत गुणस्तरीय रुपमा उपलब्ध गराउन युनिराइड अटो सदैव तयार रहेको बताए ।

  :