माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

गोंगबुमा टाटा बसहरुको निःशुल्क चेकअप क्याम्प



काठमाडौं– टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प सञ्चालन गरेको छ ।

सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले निःशुल्क चेकअप क्याम्प गरेको सिप्रदीले जनाएको छ । गोगंबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरुको बम्पर टु बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरि सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ ।

चाडवाडको बेला हाइवेमा अचानक आई पर्न सक्ने समस्याहरुको समाधानको लागि पनि २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा मार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स सेवाको साथमा सम्पूर्ण सर्भिस सेन्टरहरु पनि खुल्ला राखि सर्भिस तथा मर्मत संभार सम्बन्धी पूर्ण सेवा उपलब्ध गराउने व्यवस्था कम्पनीले जनाएको छ ।

यसका साथै असोज २२ गते सम्मका लागि सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा टाटा कमर्सियल गाडीहरुको लागि शुभकामना सर्भिस क्याम्पको आयोजना पनि गरिएको छ । त्यस अवधिमा टाटा जेन्युइन पार्ट्स, लुब्रिकेन्ट्स तथा लेवर चार्जहरुमा १५ प्रतिशत देखि ५० प्रतिशत सम्मको छुट सुविधा प्राप्त गर्ने अवसर सिप्रदीले प्रदान गरेको छ । यस अवधिमा देशभरि बाट ५ हजार भन्दा बढी गाडीहरुको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको बताएको छ ।

  :