काठमाडौं– नेपालको लागि लिप मोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले लिप मोटरको सी–१० एसयूभी ग्राहकलाई हस्तान्त्रण शुरु गरेको छ ।
दशै अगाडि नै डेलिभरी दिने योजना बनाए पनि असोज महिनामा भएको ठूलो वर्षाले चीनबाट गाडी आयात हुने नाका पहिरोले बन्द हुँदा गाडी आउन नसक्दा डेलिभरी ढिलो भएको हो । नाका खुल्ला भएसँगै गाडी आयात भएपनछि ग्राहकलाई डेलिभरी दिन थालिएको कम्पनीले जनाएको छ ।
‘मोर देन पावरफुल’ नारासहित सार्वजनिक भएको सी–१० मोडल निकै बलियो बडी स्ट्रक्चर भएको मोडल हो । यसले यूरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।
लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ ।
प्रतिक्रिया